काठमाण्डु – नेपाल शिक्षक महासंघले गरिरहेको आन्दोलनमा ढुंगा प्रहार गर्ने व्यक्तिलाई शिक्षकहरूले नै नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।
बिहीवार नयाँ बानेश्वर चोकमा भएको शिक्षकको शान्तिपूर्ण आन्दोलनलाई बिथोल्न खोजेको भन्दै शिक्षकहरूले जिम्मा लगाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीको जिम्मा लगाइएका व्यक्तिको पहिचान खुलेको छैन । शिक्षकहरूले आन्दोलन बाहिरको व्यक्ति आन्दोलनमा घुसेर अराजक गतिविधि गरेको आरोप लगाएका छन् ।
प्रहरीको जिम्मा लगाएको व्यक्तिको शिक्षक आन्दोलनमा कुनै सम्बन्ध नभएकाले कारबाही गर्न शिक्षकहरूले माग पनि गरेका छन् ।




प्रतिक्रिया