अनलाइन एपमार्फत ११ लाख ठगी गर्ने महिला पक्राउ

अनलाइन एपमार्फत ११ लाख ठगी गर्ने महिला पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अनलाइन एनमार्फत ११ लाख ठगी गर्ने महिलालाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले पक्राउ गरेको छ ।

भोजपुरको हतुवागढी गाँउपालिका–६ घर भई हाल काठमाडौंको टोखा नगरपालिका–६ बस्ने २८ वर्षीया दादिकी शेर्पा राईलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरी प्रचलित कानून बमोजिम ठगी तथा सट्टाबाजी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

पीडितलाई फेसबूक, ह्वाट्स एप, भाइबर जस्ता सामाजिक सञ्जालको माध्यमबाट साथी बनाई जिमेल आईडीमा फिफिया एपको यूआरएल पठाई एप इन्स्टल गर्न लगाई बैंक खाता लगायतको बायोडाटा विवरण अपडेट गर्न लगाई ठगी गरिएको प्रहरीले जनाएको छ ।

एपबाट हुने आर्थिक कारोबार नेपालमा कानून बमोजिम छ भनी विश्वास दिलाई एपभित्र विभिन्न देशबीच हुने फूटबल लगायत अनलाइन खेलको विज्ञापन राखी पीडितहरूलाई गेम खेल्नका लागि रकम डिपोजिट गर्न लगाई, रकम डिपोजिट गरेको ९० मिनेटभित्र लगानी गरेको रकममा १.४८% का दरले फाइदा हुन्छ भन्ने जस्ता झूटा आश्वासन दिई प्रलोभन देखाई ११ लाख २७ हजार रुपैयाँ ठगी गरिएको प्रहरीले जनाएको छ ।