गृहमन्त्री खाँणको सहयोगमा ४१ जनाको नाम प्रहरी जवानमा निकालेको भन्दै स्टाटस लेख्ने पक्राउ

गृहमन्त्री खाँणको सहयोगमा ४१ जनाको नाम प्रहरी जवानमा निकालेको भन्दै स्टाटस लेख्ने पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री बालकृष्ण खाँणको सिफारिसमा ४१ जनाको नेपाल प्रहरीको जवान पदमा नाम निकालिदिएको भन्दै स्टाटस लेख्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्युठानको ऐरावती गाउँपालिका –१ का ३० वर्षीय नरेन्द्र गुरुङ रहेका छन्  ।

उनले गृहमन्त्री खाँणको सहयोगमा प्युठानका ११ जना र देशभरबाट ४१ जनाको नाम निकाल्न सफल भएको फेसबुकमा लेखेका थिए । गुरुङले प्युठानबाट कांग्रेसका उपसभापति बद्री लम्सालले सिफारिस गरेको र युवाहरूलाई नाम निकाल्न गृहमन्त्री खाँणले सहयोग गरेको उल्लेख गरेका थिए । उनले फेसबुकमार्फत सहयोगका लागि भन्दै गृहमन्त्री खाँणलाई धन्यवाद समेत दिएका थिए ।