सामाजिक सञ्जालमार्फत साम्प्रदायिक सम्बन्धमा खलल पुर्‍याएको आरोपमा १ जना पक्राउ

सामाजिक सञ्जालमार्फत साम्प्रदायिक सम्बन्धमा खलल पुर्‍याएको आरोपमा १ जना पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमार्फत साम्प्रदायिक सम्बन्धमा खलल पुर्‍याउने व्यक्तिलाई पक्राउ गरेको छ ।

ब्युरोले सर्लाहीको मलंवा नगरपालिका–९ निवासी २० वर्षीय सनि शर्मालाई काठमाडौं महानगरपालिका–२७ बाट पक्राउ गरेको हो ।

ब्युरोका उपनिर्देशक तथा प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ गरिएकोबारे जानकारी दिए ।

आरोपी शर्मालाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा अनुसन्धान गर्न काठमाण्डु जिल्ला अदालतको आदेशले ६ दिन थुनामा राख्न अनुमति पाइएको जनाइएको छ ।