विमानस्थलबाट तीन किलो सुनसहित विदेशी नागरिक पक्राउ

विमानस्थलबाट तीन किलो सुनसहित विदेशी नागरिक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो सुनसहित विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । विमानस्थलबाट करिब तीन किलो सुनसहित फिलिपिन्सकी महिला पक्राउ परेकी हुन्।

दुबई हुँदै काठमाण्डु आएकी उनलाई सुनसहित शुक्रबार साँझ पक्राउ गरिएको जनाइएको छ । उनी अनअराइभल भिसामा नेपाल आएकी थिइन्।