काठमाण्डु – पुरानो बानेश्वरको मातृका आँखा अस्पतालमा फिरौती माग्न नक्कली बम राख्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङका २५ वर्षीय आशिष कुँवर, उनका भाइ अभिषेक कुँवर र होटल व्यवसायी रोल्पा घर भएका ४० वर्षीय अम्बरबहादुर रोका रहेका छन् ।
उनीहरूले फिरौती माग्ने उद्देश्यले उक्त अस्पतालमा नक्कली बम राखेका थिए । प्रहरीका अनुसार उनीहरूलाई पक्राउ गरि यस सम्बन्धी थप अनुसन्धान भइरहेको छ ।




प्रतिक्रिया