जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुर – जिल्लामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ सालेवा बस्ने ५० वर्षीय कमल दर्जीलाई प्रहरीले पक्राउ गरेको छ ।

कमलले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी दोभानेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।