कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – कैलाली जिल्लामा प्रहरीले लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–९ बंग्राकटानबाट ७२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित मनेहरा बस्ने २१ वर्षीय नरेश राना र पथरिया बस्ने १९ वर्षीय हितेश रानालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा लागूपदार्थ फेला पारी पक्राउ गरेको छ ।

यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडाबाट ३९० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित स्थानीय २८ वर्षीय राकेश भट्टसहित ३ जनालाई बुधबार साँझतिर प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोस्टबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा लागूपदार्थ फेला पारी पक्राउ गरेको छ । लागूपदार्थ सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।