पशुपतिमा साधुमाथि खुकुरी प्रहार, १२ जना पक्राउ

पशुपतिमा साधुमाथि खुकुरी प्रहार, १२ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डुको पशुपतिनाथ क्षेत्रमा सोमवार एक साधुमाथि खुकुरी प्रहार भएको छ ।

घाइते सन्तोष बाबालाई उपचारका लागि वीर अस्पताल लगिएको छ । उनी खतरामुक्त रहेको अस्पताललाई उधृत गर्दै प्रहरीले जानकारी दिएको छ ।

आज विहान शौचालय जाने क्रममा साधुलाई एक जनाले पेटमा खुकुरी हानेका हुन् । घटनामा संलग्नताको आशंकामा १२ जना पक्राउ परेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।