एजेन्सी – भारतको नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले मुम्बईमा एक क्रुज सिपमा छापा मारेर बलिउड स्टार शाहरुख खानका छोरासहित १३ जनालाई पक्राउ गरेको छ ।
एनसिबीले छापा मोरेको क्रुज सिपमा ड्रग्स पार्टी चलिरहेको जनाइएको छ । हिरासतमा रहेका शाहरुखका छोरा आर्यन खानसँग बयान लिने काम भइरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
आर्यन खान पार्टीमा उपस्थित भएपनि उनको साथमा ड्रग्स भने नभेटिएको प्रहरीले जनाएको छ । बलिउडका अन्य अभिनेताका छोराहरू पनि हिरासतमा रहेको जनाइएको छ ।




प्रतिक्रिया