श्रम स्वीकृतिका नक्कली कागजात बनाउने २ जना पक्राउ

श्रम स्वीकृतिका नक्कली कागजात बनाउने २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – श्रम स्वीकृति लगायतका नक्कली कागजातहरू बनाउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ घर भई हाल काठमाडौं बनस्थली बस्ने २३ वर्षीय अजित फेवाली र गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–१ रानीवन बस्ने २१ वर्षीय विपिन ढकाल रहेका छन् ।

भिजिट भिसामा विदेश जान लागेका व्यक्तिहरूको कागजात शंकास्पद रहेको भनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कात्तिक १२ गते पठाइएका कागजातहरूमध्ये सुजल हेङगजुको नामको श्रम स्वीकृति नक्कली देखिएकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले कागजात बनाउने दुवै जनालाई काठमाडौं महानगरपालिका–१३ सोल्टीमोडस्थित वैदेशक रोजगार सम्बन्धी काम गर्ने ट्राभल्सबाट पक्राउ गरेको हो ।

ट्राभल्सको कोठाबाट मोबाइल २ थान र सीपीयू समेत प्रहरीले बरामद गरेको छ ।

थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।