काठमाण्डु – चाडपर्व मनाउनका लागि काठमाण्डु उपत्यकाबाट बाहिर जाने यात्रुसँग बढी भाडा लिएको आरोपमा ७ जना पक्राउ परेका छन् ।
उपत्यकाबाट बाहिर जाने यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिन खोजेको पाइएपछि ७ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रक्राउ पर्नेमा कोटेश्वर क्षेत्रको काउन्टरबाट खोटाङ ऐशेलुखर्क-३ का भीम निरौला र रञ्जित श्रेष्ठ, बल्खु क्षेत्रको काउन्टरबाट सिन्धुलीका हरि कार्की, चितवनका सुदर्शन पाण्डे, बारा कलैयाका एल एक्स चौधरी, मकवानपुर भिमफेदीका प्रेम घिमिरे र बारा जितपुरका विशाल लामा रहेका छन् ।
परिचय पत्र नभएका उनीहरुले आफूलाई टिकट काउन्टरको कर्मचारी हुँ भन्दै अनाधिकृत रूपमा भाडा उठाइ रहेको अवस्थामा नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।




प्रतिक्रिया