गाडी दुर्घटनामा १ जनाको मृत्यु भएपछि प्रहरीका एसपी दाहाल पक्राउ

गाडी दुर्घटनामा १ जनाको मृत्यु भएपछि प्रहरीका एसपी दाहाल पक्राउ

प्रतिकात्मक तस्वीर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर दाहालले चलाएको स्कारपियोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गाडीले मोटरसाइकललाई ठक्कर दिएर भएको दुर्घटनामा झापाको कमल गाउँपालिका–६ का १८ वर्षीय अनिल मर्डीको मृत्यु भएको छ ।

कन्काई नगरपालिका–८ बिरिङ पुलस्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु भएपछि प्रहरीले एसपी दाहाललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।