बानेश्वरमा माओवादी नेता जनक बर्तौलामाथि आक्रमणमा संलग्न तीन जना पक्राउ

बानेश्वरमा माओवादी नेता जनक बर्तौलामाथि आक्रमणमा संलग्न तीन जना पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- एक साताअघि काठमाडौंको नयाँ बानेश्वरमा माओवादी केन्द्रका नेता जनक बर्तौलामाथि आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

करिब २२-२३ वर्षका युवकले उनलाई आइपेक्स मल नजिकै रड प्रहार गरेका थिए। रड प्रहार गरेर आक्रमणकारी भागेका थिए। आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले मेचीनगर–१३ शेर्पाका कैलाश प्रधान, कोहलपुरका आशिस लामिछाने मगर र कोहलपुरकै सेरुबहादुर सिंह चौधरीलाई पक्राउ गरेको जनाएको छ।

कात्तिक २२ गते साँझ भएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले उनीहरुलाई आज पक्राउ गरेको हो। पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।