रुपन्देहीमा लागुऔषधसहित चार जना पक्राउ

रुपन्देहीमा लागुऔषधसहित चार जना पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रुपन्देहीमा लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा-२२ का २७ वर्षीय सागर पोखरेल , ललितपुरको गोदावरी-१ का २० वर्षीय मधुकर विश्वकर्मा, रुपन्देहीको गैडहवा—९ का ३४ वर्षीय दुर्गा राना र कञ्चन गाउपालिका-२ का १६ वर्षीय अशोककुमार लोध रहेका छन् ।

उनीहरुको साथबाट नुफिन, फेनारगन, डाइजेपाम बरामद भएको छ ।