अस्पतालबाट ल्यापटप चोरेको आरोपमा सशस्त्र प्रहरीका असई पक्राउ

अस्पतालबाट ल्यापटप चोरेको आरोपमा सशस्त्र प्रहरीका असई पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – कैलालीको धनगढीस्थित स्वस्तिक अस्पतालबाट ल्यापटप चोरेको आरोपमा सशस्त्र प्रहरी बल नेपालका सहायक प्रहरी निरीक्षक (असई) रमेश भण्डारी पक्राउ परेका छन् ।

कात्तिक २६ गते स्वस्तिक अस्पतालबाट ल्यापटप चोरेको आरोपमा प्रहरीले भण्डारीलाई पक्राउ गरेको छ ।

दार्चुलाको ४३ नम्बर गणमा कार्यरत रही तालिमका लागि पोखरा खटाइएका भण्डारीले तिहारको बिदामा धनगढी आएका बेला ल्यापटप चोरी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए ।

अस्पतालको सीसीटीभी फुटेजमा कात्तिक २६ गते राति ११ः४८ बजे भण्डारीले ल्यापटप चोरी गरेको देखिएको प्रहरीले जनाएको छ ।

ल्यापटप चोरीबारे अस्पतालले प्रहरीमा उजुरी दिएपछि उनी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीले सशस्त्र प्रहरीलाई पत्र काटेर असई भण्डारीलाई झिकाई जिल्ला प्रहरी कार्यालय कैलाली राखेको छ ।