राइस मिलमा जुवातास खेल्दाखेल्दै ८ जना पक्राउ

राइस मिलमा जुवातास खेल्दाखेल्दै ८ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर – जिल्लाको भीमदत्त नगरपालिका–६ ऐठपुरस्थित चन्द्रदेव राइस मिलमा जुवातास खेल्दै गरेका ८ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले मिलका सञ्चालक पारस भट्टसहित ८ जनालाई पक्राउ गरेको छ ।

आरोपीहरूबाट प्रहरीले २ लाख ८ हजार ४२६ रुपैयाँ र तास बरामद भएको छ ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।