सिरहामा अवैध लागूऔषधसहित १ जना पक्राउ

सिरहामा अवैध लागूऔषधसहित १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा – जिल्लाको कर्जन्हा नगरपालिका–३ बन्दीपुर चोकबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित १ जनालाई पक्राउ गरेको छ ।

करीब १२ ग्राम ७० मिलिग्राम खैरो हेरोइन, १२ हजार ६५० रूपैयाँ र २ थान मोबाइलसहित कर्जन्हा नगरपालिका–२ बस्ने ३० वर्षीय विश्व मित्र महतोलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय बन्दीपुर र लागूऔषध नियन्त्रण ब्यूरो जनकपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको छ ।

लागूऔषध बरामद सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।