पोखरा – कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले लागूऔषधसहित १ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीले विमानस्थलको प्रस्थान कक्षबाट उनलाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले नर्वेका ५६ वर्षीय रुने फ्लठालाई पक्राउ गरेको जनाइएको छ । लागूऔषध बोकेर विदेशी नागरिक हिँडेको सूचना पाएपछि चेकजाँच गर्दा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले बताए ।
जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरेर उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया