विदेश पठाउने प्रलोभनमा १७ लाख ठगी गर्ने १ जना पक्राउ

विदेश पठाउने प्रलोभनमा १७ लाख ठगी गर्ने १ जना पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विदेश पठाउने प्रलोभनमा पारेर ३ जनाबाट १७ लाख १७ हजार रुपैयाँ ठग्ने बाराको जितपुरसिमरा उपमहानगरपालिकाका दिपेश बास्कोटा पक्राउ परेका छन् ।

उनले ३ जनालाई वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिन्छु भनी प्रतिव्यक्ति ८ लाख रुपैयाँका दरले रकम मागेका तर १७ लाख १७ हजार रुपैयाँ लिएपछि उनी फरार भएका थिए । उनले मासिक १ लाख रुपैयाँ तलब हुने भन्दै लोभ्याएर रकम ठगेका काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

फरार भएका उनलाई ईलाका प्रहरी कार्यालय सिमरासँग समन्वय गरी पक्राउ गरिएको कार्यालयले जनाएको छ ।