काठमाण्डु – पर्सा प्रहरीले घुमुवा प्रहरीको नाममा व्यापारीबाट पैसा असुल्दै गरेका १ जनालाई पक्राउ गरेको छ ।
बाराको आदर्श कोतवाल गाउँपालिका–८ लक्ष्मीटोल बस्ने ४५ वर्षीय गोविन्द महतो कोइरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
आफू मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको बारा, पर्सा र रौतहट जिल्लाको घुमुवा प्रहरी रहेको भन्दै ५/६ महिनादेखि व्यापारीहरूसँग महिनावारी रकम उठाइरहेको सूचना प्राप्त भएपछि कोइरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी कुमार विक्रम थापाले जानकारी दिए ।
सिर्सिया प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले उनलाई वीरगञ्ज महानगरपालिका–२३ हरपतगञ्जबाट पक्राउ गरेको जनाइएको छ ।




प्रतिक्रिया