कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा १ जना पक्राउ

कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा १ जना पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल – कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

गुल्मीको मदाने गाउँपालिका पुर्कोटदह घर भई बुटवल बस्दै आएका ३८ वर्षीय राजु टोटा पक्राउ परेका हुन् ।

श्रीमती सुखसरी विकलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका–१४ शान्तिनगर बस्दै आएका टोटाले श्रीमतीको हत्या गरेर फालेको अवस्थामा शव भेटिएको ईलाका प्रहरी कार्यालय बुटवलका डीएसपी दानबहादुर थापाले बताए ।

श्रीमान–श्रीमतीबीच बेला–बेलामा झगडा हुँदै आएको बताइएको छ । श्रीमानले कुटपिट गर्दा मृत्यु भएको खुल्न आएकाले टोटालाई पक्राउ गरी कर्तव्य ज्यान कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।