काठमाण्डु – नेपालीलाई क्यासिनो छिराउन नक्कली भारतीय आधारकार्ड बनाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरेको हो ।
उपत्यकाभित्र भएका क्यासिनोमा हुने विभिन्न क्रियाकलापमाथि सुक्ष्म रूपमा निगरानी गर्दा क्यासिनोमा प्रवेश गराई खेलाउने प्रयोजनका लागि नेपाली नागरिकको भारतीय कागजात बनाई दिने गरेको भन्ने बुझिन आएकाले कार्यालयबाट खटिएको प्रहरी टोलीले दोलखाको मेलुङ गाउँपालिका–३ घर भई काठमाण्डुको बुढानिलकण्ठ बस्ने गोबिन्द खड्कासहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खड्कासहित ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–८ रातोमाटे घर भई हाल ललितपुरको सातदोबाटो नखिपोट बस्ने ३९ वर्षीय नविन राई र रुपन्देहीको तिलोत्तमा नगरपालिका–२१ कोटिहवा घर भई काठमाण्डुको तारकेश्वर नगरपालिका–२१ कोटिहवा घर भएका २५ वर्षीय विनोद न्यौपाने छन् ।
पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।




प्रतिक्रिया