माल्टा पठाइदिन्छु भनी ७ लाख ठगी गरेको आरोपमा १ जना पक्राउ

माल्टा पठाइदिन्छु भनी ७ लाख ठगी गरेको आरोपमा १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माल्टा पठाइदिन्छु भनी ७ लाख ठगी गरेको आरोपमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले १ जनालाई पक्राउ गरेको छ ।

विदेश पठाइदिने भनी ७ लाख ५ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएपछि प्रहरीले जुम्लाको हिमा गाउँपालिका–५ घर भई हाल काठमाण्डु महानगरपालिका–१५ डल्लु बस्ने ३३ वर्षीय धर्मेन्द्र शाहीलाई पक्राउ गरेको हो ।

उनले सोम्बार तामाङ समेत २ जनालाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने र प्रतिष्ठित होटलमा मासिक १ लाख १० हजार रुपैयाँ तलब हुने भनी विश्वास दिलाई प्रलोभनमा पारी रकम ठगी गरेको आरोप छ ।

ललितपुर महानगरपालिका–४ जावलाखेलबाट पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।