काठमाण्डुमा २ किलो अवैध सुनसहित ३ जना पक्राउ

काठमाण्डुमा २ किलो अवैध सुनसहित ३ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजधानी काठमाण्डु उपत्यकाको प्रवेशद्वार नागढुंगामा गाडीमा लुकाएर ल्याएको २ किलो अवैध सुनसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

रसुवाबाट काठमाण्डु आउँदै गरेको गाडीमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुन फेला पारेको हो ।

पक्राउ पर्नेमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, बिरु तामाङ र सुनिल भुजेल रहेका छन् । पक्राउ परेकाहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।