हतियार चोरीको आरोपमा १ युवतीसहित ३ जना पक्राउ

हतियार चोरीको आरोपमा १ युवतीसहित ३ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजधानी काठमाण्डुमा २ थान हतियार चोरीको आरोपमा प्रहरीले १ युवतीसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको बराह नगरपालिका–३ घर भई काठमाण्डु महानगरपालिका–१४ बस्ने दिलीप माझी, ताहाचल बस्ने कुशल मल्लिक र काभ्रेको धुलिखेल नगरपालिका–३ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोल बस्ने काजलकुमारी भुजेल रहेका छन् ।

गत मंसिर १६ गते ताहाचलस्थित पुष्प जोशीको घरबाट इजाजतपत्र सहितको २ नाले ४१० बोरको टोटावाल बन्दुक र जेड २१६२२९ को २२ बोरको राइफल गरी २ हतियारहरू चोरी गरेको आरोपमा तीनै जनालाई पक्राउ गरिएको छ ।

प्रहरी वृत्त कालीमाटीको टोलीले विभिन्न स्थानबाट तीनै जनालाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाण्डुले जनाएको छ ।