जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुर – २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारा देउताल गाउँपालिका- ५ बस्ने २५ वर्षीय गोपाल कुमार सहनीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

सहनीले ती महिलालाई भोजपुर नगरपालिका-७ स्थित संयोग होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको छ ।