मन्दिरबाट चोरी गरेको शालिग्रामसहित १ जना पक्राउ

मन्दिरबाट चोरी गरेको शालिग्रामसहित १ जना पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया – जिल्लाको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वारास्थित ठाकुरबाबा मन्दिर परिसर भित्रबाट चोरी गरेको १ किलोग्राम तौल बराबरको ठूलो शालिग्रामसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

शालिग्राम १ थान, ३०० ग्राम बराबरको शालिग्राम ३ थान र २५० ग्राम पितलको घोडा १ थानसहित ठाकुरबाबा नगरपालिका–९ गोब्रेला बस्ने ३४ वर्षीय महेन्द्र विकलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मन्दिरमा चोरी भएको जानकारी प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट ठाकुरद्वाराबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनको घर तलासी गर्दा चोरी गरेको सामान फेला पारी उनलाई पक्राउ गरेको छ ।

बरामद सामान सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।