काठमाण्डु – मानव बेचबिखन गरेको अभियोगमा गोरखाको धार्चे गाउँपालिका–४ बस्ने २७ वर्षीया कबिता गुरूङलाई काठमाण्डुबाट आईतबार प्रहरीले पक्राउ गरेको छ ।
थाईल्याण्डस्थित चिनियाँ कम्पनीमा कम्प्युटर टाइपिङको राम्रो रोजगारीको प्रलोभन देखाई बिजनेश भिसामा २ जना पीडितलाई झुक्याई म्यानमारको म्यावडीस्थित चिनियाँ कम्पनीमा पुर्याई बन्धक बनाई दिनको १८–२० घण्टासम्म अनलाइन स्क्यामिङमा लगाई मानव बेचबिखन गरेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले प्रलोभन पारेर पीडितबाट जनही २ लाख ६० हजार रुपैयाँका दरले पैसा लिई म्यान्मार पठाएको, थाइल्याण्ड भन्दै झुक्याई म्यानमारको म्यावडी पुर्याएर अमेरिकी नागरिकलाई निश्चित अवधिमा अनलाइनमार्फत बिटकोइन लगायतका भर्चुअल करेन्सीमा लगानी गर्न तयार पार्नुपर्ने र तार्गेट पूरा गर्न नसकेमा कुटपिट गर्ने, इलेक्ट्रिक सक लगाउने जस्ता शारिरीक मानसिक यातना दिने गरेको तथा ९ महिनापछि नेपाल फर्किन म्यानमारस्थित कम्पनीलाई ८ लाख रुपैयाँ तिर्न बाध्य बनाएको अनुसन्धानबाट खुल्न आएको छ ।
उनीउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाण्डुबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया