काठमाण्डु – बैंकिङ कसूर मुद्दाका फरार आरोपीलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले पक्राउ गरेको छ ।
उच्च अदालत पाटन ललितपुरले २०७७ चैत ३१ गते फैसला गर्दै ९ लाख जरिवाना र ३६ हजार क्षतिपूर्ति शुल्क भराउने फैसला गरेको थियो ।
फैसला सर्वोच्च अदालतबाट पनि २०७९ मंसिर ९ गते सदर भएर फरार रहेका ललितपुरको ललितपुर महानगरपालिका–१४ थसिखेल बस्ने ५१ वर्षीय दिपेन्द्र कोइरालालाई कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ ।
उनलाई ललितपुर महानगरपालिका–१४ थसिकेल चोकबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि आजै ललितपुर जिल्ला अदालत लगनखेल ललितपुर पठाइएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।




प्रतिक्रिया