भारतीय संसदबाहिर धुवाँ फाल्ने पक्राउ

भारतीय संसदबाहिर धुवाँ फाल्ने पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतीय संसद बाहिर बुधबार दिउँसो रंगीन धुवाँ निकालेको आरोपमा एक पुरुष र एक महिलालाई पक्राउ गरिएको छ । लोकसभामा अडिटोरियमबाट हाम फाल्ने दुई जना पनि पक्राउ परेका छन् ।

बाहिर नाराबाजी गरिरहेका दुवै जनालाई संसदको सुरक्षामा खटिएका सुरक्षाकर्मीले समातेका छन् । यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भिडियोमा नीलो पोशाक लगाएकी एक महिला प्रहरी एक महिलालाई समातेर लैजाँदै गरेको देखिन्छ । यस क्रममा महिलाले नारा लगाएको सुनिन्छ । भिडियोमा महिलाले ‘भारत माता की जय, तानाशाही बन्द गर, जय भीम-जय भारत, संविधान बचाओ’ भन्ने नारा लगाएको सुन्न सकिन्छ ।