जुवातास खेलिरहेका ६ जना पक्राउ

जुवातास खेलिरहेका ६ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले काठमाण्डु महानगरपालिका–१४ कुलेश्वरबाट जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ ।

कुलेश्वरमा डेरा गरी बस्ने भारतको बिहार घर भएका २६ वर्षीय मुकेश कुमारको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले आरोपीहरूलाई नगद १ लाख २१ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।