विराटनगर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटाको लेगुवास्थित रामबजारमा झापड हान्ने प्रयास भएको छ ।
एमालेको जारी संकल्प यात्रामा बिहीबार धनकुटा प्रवेशका क्रममा लेगुवाघाटमा अध्यक्ष ओलीमाथि स्थानीय महेश राईले झापड हान्न खोजेपछि उनलाई पक्राउ गरिएको छ ।
झुलाघाट–चिवाभञ्ज्याङ अभियानअन्र्तगत भोजपुरको कार्यक्रम सम्पन्न गरी धनकुटा प्रवेश गर्ने क्रममा लेगुवाघाटस्थित रामबजारमा राईले झापड हान्ने प्रयास गरेका थिए ।
स्थानीयसँग पैदल भलाकुसारी गर्दा अध्यक्ष ओलीलाई सत्कार गर्ने क्रममा पुष्पगुच्छा दिन लाइनमा उभिएका राईले एकाएक झापड प्रहार गर्ने प्रयास गरेका थिए । लगत्तै सुरक्षाकर्मीले उनलाई रोकेका थिए ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले प्रहार गर्ने प्रयास गरेका व्यक्ति नियन्त्रणमा रहेको बताए ।




प्रतिक्रिया