काठमाण्डु – अवैध हतियार र लागूऔषधसहित प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका–१० नलिन्चोकबाट २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इलामको इलाम नगरपालिका–९ बस्ने ४१ वर्षीय चिरन्जीवी सिन्चुरी र नवलपुरको कावासोती नगरपालिका–२ बस्ने ३१ वर्षीय लेखबहादुर कार्की रहेका छन् ।
अवैध हतियार तथा लागूऔषधको ओसारपसार तथा कारोबार हुँदैछ भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरीको विशेष टोली खटिएर आरोपी दुवैलाई सोधपुछ गर्दा ५ राउण्ड गोली लोड भएको म्याग्जिन सहितको पेस्तोल १, पेस्तोलमा लाग्ने खाली म्याग्जिन १ र लागूऔषध खैरौ हेरोइन जस्तो देखिने लेसिलो पदार्थ ५ ग्राम फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले दुवैलाई पक्राउ गरी लागूऔषध तथा हातहतियार खरखजाना सम्बन्धी कसूरमा आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि प्रहरी वृत्त जगाती पठाएको सूचना अधिकृत प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।




प्रतिक्रिया