ग्रीस पठाइदिने प्रलोभनमा पारेर १३ लाख रकम ठगी गर्ने १ जना पक्राउ

ग्रीस पठाइदिने प्रलोभनमा पारेर १३ लाख रकम ठगी गर्ने १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ग्रीस पठाइदिने प्रलोभनमा पारेर रकम ठगी गर्ने १ जनालाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले पक्राउ गरेको छ ।

प्रहरीले गोरखाको पालुङटार नगरपालिका–९ घर भई ललितपुर महानगरपालिका–४ बागडोल बस्ने ५० वर्षीय होमबहादुर तामाङलाई पक्राउ गरेको हो ।

तामाङले लक्ष्मण सापकोटा समेत २ जनालाई वैदेशिक रोजगारीका लागि ग्रीस पठाइदिने प्रलोभनमा पारेर १३ लाख ८४ हजार रुपैयाँ ठगी गरेको आरोप छ । ग्रीस जान प्रतिव्यक्ति १० लाख ५० हजार रुपैयाँ लाग्ने र ग्रीस पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा काम लगाएर मासिक १ लाख १५ हजार रुपैयाँ तलब हुने भनी प्रलोभनमा पारेर पीडितबाट रकम लिई सम्पर्कविहीन भएको जनाइएको छ ।

प्राप्त उजुरीका आधारमा खटिएको प्रहरी टोलीले आरोपी तामाङको खोजतलास गर्ने क्रममा काठमाण्डु महानगरपालिका–३ महाराजगञ्जबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डु पठाइएको सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।