अध्यागमन अधिकृतलाई सेटिङ मिलाएर भिजिट भिसामा विदेश पठाउने २ जना पक्राउ

अध्यागमन अधिकृतलाई सेटिङ मिलाएर भिजिट भिसामा विदेश पठाउने २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अध्यागमन अधिकृतलाई सेटिङ मिलाएर भिजिट भिसामा विदेश पठाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ घर भई हाल काठमाण्डुको बौद्ध बस्ने निमा छिरीङ ट्राभल्सका सञ्चालक ३७ वर्षीय मनोज तामाङ लामा र रामेछापको दोरम्भा गाउँपालिका–७ घर भई हाल काठमाण्डुको गोकर्णेश्वर बस्ने ट्राभल्सका कर्मचारी ३३ वर्षीय पदम लामालाई पक्राउ गरेको छ ।

भिजिट भिसामा विदेश जान लागेका युवायुवतीलाई नक्कली कागजात बनाएर अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीसँग सेटिङ मिलाई विदेश पठाउने र विदेश पुगेपछि महिलालाई घरेलु कामदारको रूपमा लगाइने र शोषण समेत हुने र पुरुषहरुले समेत तोकिएको काम नपाई जोखिमपूर्ण काममा लगाइने हुँदा प्रहरीले अनुसन्धानका क्रममा दुवैलाई पक्राउ गरेको छ ।

वैदेशिक रोजगारमा जाँदा भिजिट भिसा प्रयोग गरी गएका युवायुवतीलाई स्वदेशमा फर्काउन समेत कठिनाई हुने गरेको प्रहरीले जनाएको छ ।