ठगी गरेर फरार रहेका व्यक्ति इन्टरपोलको सहयोगमा यूएईबाट पक्राउ

ठगी गरेर फरार रहेका व्यक्ति इन्टरपोलको सहयोगमा यूएईबाट पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ठगी आरोपमा अदालतबाट पक्राउ पूर्जी जारी भई यूएईमा लुकेर बसेका व्यक्तिलाई इन्टरपोलको सहयोगमा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको साविक जानकीनगर गाविस–७ का कोमलराज उपाध्याय रहेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा उनलाई यूएईबाट पक्राउ गरेको छ ।

सीआईबीका अनुसार उनले ५१ जनालाई दुबईमा आर्मस् गार्ड र डीपीएस सेक्युरिटीमा आकर्षक तलब र सुविधा सहितको रोजगारी दिने प्रलोभन देखाएर भिजिट भिसामार्फत दुबई बोलाएर अलपत्र पारेको आरोप छ ।

रोजगारीका लागि रकम लिएको तर भनेअनुसार काममा नलगाएर ठगी गरेको आरोप लगाउँदै पीडितहरूले सीआईबीमा उजुरी दिएका थिए । उजुरीपछि सीआईबीको अनुरोधमा इन्टरपोलले २०७९ जेठ ६ गते उनीविरुद्ध ‘रेड नोटिस’ जारी गरेको थियो ।