रक्तचन्दन काठसहित १ जना पक्राउ

रक्तचन्दन काठसहित १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले रक्तचन्दन काठसहित १ जनालाई पक्राउ गरेको छ ।

काठमाण्डु महानगरपालिका–१५ स्वयम्भूस्थित कारखाना चोकबाट ५८० ग्राम रक्तचन्दन जस्तो देखिने काठसहित भारतको मोतिहारी घर भई हाल काठमाण्डु महानगरपालिका–८ पशुपति बस्ने २२ वर्षीय नवउदिन चौधरीलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले दिल्लीबाट काठमाण्डु चल्ने मन्जुश्री यातायातको बा४ख २३८९ नम्बरको बसलाई जाँच गर्ने क्रममा चौधरीको साथबाट रक्तचन्दन काठ फेला पारेर पक्राउ गरेको छ ।

बरामद काठ सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।