साउदी अरब पठाइदिने प्रलोभनमा १ लाख २५ हजार ठगी, मेनपावर सञ्चालक पक्राउ

साउदी अरब पठाइदिने प्रलोभनमा १ लाख २५ हजार ठगी, मेनपावर सञ्चालक पक्राउ


काठमाण्डु – साउदी अरब पठाइदिने प्रलोभनमा पारेर १ लाख २५ हजार रुपैयाँ ठगी गर्ने मेनपावर सञ्चालक २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–९ घर भई हाल काठमाण्डु महानगरपालिका–३१ बस्ने ४२ वर्षीय लक्ष्मण विश्वा र काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० की ४० वर्षीया सोफी मल्ललाई पक्राउ गरेको हो ।

आरोपी लक्ष्मणले काठमाण्डु–३१ पुरानो बानेश्वरमा ओसो रिक्रुटिङ मेनपावर सञ्चालन गरेर ओमबाबु साहलाई वैदेशिक रोजगारीका लागि साउदी अरब पठाउने प्रलोभनमा ठगी गरेका थिए ।

साउदी अरब पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र मासिक ४० हजार रुपैयाँ तलब हुने भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी १ लाख २५ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएपछि पक्राउ गरिएको हो ।

आरोपीलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।