दुबई पठाइदिने भनी ३ लाख ठगी गर्ने २ जना पक्राउ

दुबई पठाइदिने भनी ३ लाख ठगी गर्ने २ जना पक्राउ


काठमाण्डु – दुबई पठाइदिने भनी ३ लाख रकम ठगी गरेको आरोपमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले २ जनालाई पक्राउ गरेको छ ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले २ जनालाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका–१६ घर भई काठमाण्डुको तार्केश्चर नगरपालिका–५ बस्ने ४० वर्षीय नविन खड्का र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ घर भई काठमाण्डुको तार्केश्वर नगरपालिका–५ बस्ने ३३ वर्षीया चमेली चुहान रहेका छन् ।

आरोपीले जगतबहादुर विष्टलाई वैदेशिक रोजगारीका लागि दुबई पठाउन ३ लाख रुपैयाँ लाग्ने, दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा काम गरेर मासिक ६० हजार रुपैयाँ कमाउन सकिने प्रलोभनमा पारी पटक–पटक गरेर ३ लाख रुपैयाँ रकम लिएर सम्पर्कविहीन भएका जनाइएको छ ।

पक्राउ परेका दुवैलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डुमा पठाइएको छ ।