काठमाण्डु – हत्या मुद्दामा फरार रहेका अभियुक्तलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले ७ वर्षपछि पक्राउ गरेको छ ।
अर्घाखाँचीको साविक सिमलपानी गाविस–५ घर भएका ३७ वर्षीय जगत विक ‘अंकित’लाई पक्राउ गरिएको सूचना अधिकारी प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले जानकारी दिए ।
२०७४ पुस ३० गते मकवानपुरको हाँडिखोला–६ घर भएकी ५० वर्षीया नारायणी तिमिल्सिना ‘अप्सरा’लाई काठमाण्डु महानगरपालिका–१४ भुवनेश्वरी मन्दिर परिसरभित्र हत्या गरी फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको छ ।
हत्यामा संलग्न अर्का आरोपी धादिङको साविक मूलपानी गाविस–७ घर भएका ४६ वर्षीय शिवराम अधिकारी चोरी मुद्दामा नाम परिवर्तन गरी अर्जुन अधिकारीको नाममा जेल सजाय भोगिरहेको प्रहरीले जनाएको छ ।
काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आरोपी विकलाई पक्राउ गरी आवश्यक कानूनी कारवाहीका लागि प्रहरी वृत्त कालिमाटी पठाएको छ ।




प्रतिक्रिया