काठमाण्डु – जिल्ला प्रहरी परिसर ललितपुरले मोटरसाइकल चोरी मुद्दाका १ जना फरार आरोपीलाई पक्राउ गरेको छ ।
प्रहरीले मकवानपुरको मकवानपुरगढी गाउँपालिका–१ रानीसेरा बस्ने २३ वर्षीय मुन्द्रलाल गोले ‘राज’लाई पक्राउ गरेको हो ।
ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडा छपेलीस्थित कान्ति लोकपथ सडकखण्डमा कागजात विनाको बाग्मती प्रदेश–०२–०३२ प ४४४५ नम्बरको रातो कालो रंगको बजाज कम्पनीको पल्सर–२२०अअ मोटरसाइकलमा सवार रहेको अवस्थामा जाँचबुझ गर्दा उनी प्रहरी वृत्त चापागाउँ ललितपुरबाट आर्थिक वर्ष २०७९/०८० मा अनुसन्धान भएका ३ वटा मोटरसाइकल चोरी मुद्दामा फरार प्रतिवादी रहेको देखिएको जनाइएको छ ।
उनलाई तत्काल पक्राउ गरी कारवाहीका लागि बिहीबार ललितपुर जिल्ला अदालतमा दाखिला गरिएको छ । उनीबाट बरामद भएको मोटरसाइकल समेत चोरीको हुनसक्ने भएकाले थप अनुसन्धान भइरहेको छ ।




प्रतिक्रिया