माल्टा पठाइदिने प्रलोभनमा पारेर ९ लाख ठगी गर्ने १ जना पक्राउ

माल्टा पठाइदिने प्रलोभनमा पारेर ९ लाख ठगी गर्ने १ जना पक्राउ


काठमाण्डु – माल्टा पठाइदिने प्रलोभनमा पारेर ९ लाख ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले खोटाङको खोटेहाङ गाउँपालिका–७ घर भई ललितपुरको सातदोबाटो बस्ने ५५ वर्षीय विरेन्द्र उदासलाई पक्राउ गरेको हो ।

सबिता गुरुङलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने प्रलोभनमा पारेर ९ लाख रुपैयाँ लिएर उनी सम्पर्कविहीन भएको आरोपमा उनलाई पक्राउ गरिएको प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

माल्टा जान प्रतिव्यक्ति २८ लाख रुपैयाँ लाग्ने र माल्टा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिएर मासिक ३ लाख रुपैयाँ तलब हुने प्रलोभनमा पारेर पीडितबाट उनले पटक–पटक गरी ९ लाख रुपैयाँ रकम लिएका थिए ।

ललितपुरको सातदोबाटोबाट उनलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।