काठमाण्डु – पोल्याण्ड पठाइदिने प्रलोभनमा १ लाख ८० हजार ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले धनकुटाको धनकुटा उपमहानगरपालिका–७ घर भई हाल भक्तपुरको सुर्यविनायक नगरपालिका–१३ बालकोट बस्ने २५ वर्षीय प्रदिप बुढाथोकीलाई पक्राउ गरेको हो ।
उनले कल्पना विश्वकर्मालाई वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाउन प्रतिव्यक्ति ७ लाख ५० हजार रुपैयाँ लाग्ने र पोल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिएर मासिक १ लाख २० हजार रुपैयाँ तलब हुने प्रलोभनमा पारी पटक–पटक गरी १ लाख ८० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।
प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनलाई काठमाण्डु महानगरपालिका–३१ नयाँबानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डु पठाएको प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।




प्रतिक्रिया