काठमाण्डु – प्रहरीले काठमाण्डु र बाराबाट अवैध लागूऔषध बरामद गरेको छ ।
काठमाण्डुको चन्द्रागिरी नगरपालिका–२ चेक प्वाइन्टबाट अवैध लागूऔषध खैरो हेरोइन करीब १ ग्राम ८४ मिलिग्रामसहित झापाको अर्जुनधारा नगरपालिका–२ बस्ने २७ वर्षीय राजन योगीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले बा प्र ०१–००१ ख २७७७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई लागूपदार्थसहित फेला पारी पक्राउ गरेको छ ।
यसैगरी, बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैयाबाट अवैध लागूऔषध गाँजा करीब ३६ किलो शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले सोही ठाउँस्थित सर्भिस लाईनमा पार्किङ गरी राखेको डीएल ४ सीएनबी ३६८१ नम्बरको स्कारियो जाँच गर्ने क्रममा गाँजा फेला पारी बरामद गरेको छ ।
दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया