जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ


सुनसरी – धरान उपमहानगरपालिका–११ सगरमाथा टोल बस्ने ५५ वर्षीय टीका साम्पाङको घरमा जुवातास खेलिरहेको अवस्थामा स्थानीय ४५ वर्षीय शिवराज राई लगायत ९ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार २०५ रूपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको हो ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।