अवैध लागूऔषधसहित १ जना पक्राउ

अवैध लागूऔषधसहित १ जना पक्राउ


रसुवा – गोसाईकुण्ड गाउँपालिका–६ ठाडेखोलाबाट अवैध लागूऔषध चरेश ६६८ ग्रामसहित आमाछोदिङ्मो गाउँपालिका–४ गोल्जुङ बस्ने ५५ वर्षीय दावा तामाङलाई आईतबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी हाकुबाट खटिएको प्रहरीले गोल्जुङवेशीबाट मैलुङतर्फ जाँदै गरेको बा७६प ३७५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक तामाङलाई लागूपदार्थसहित पक्राउ गरेको हो ।

आरोपी सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।