काठमाण्डु – प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ८ जनालाई पक्राउ गरेको छ ।
मोरङको विराटनगर महानगरपालिका–१७ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन ६४ मिलिग्रामसहित सुनसरीको ईटहरी उपमहानगरपालिका–४ पान्धारे टोल बस्ने ३० वर्षीय बिजय चाम्लीङ राई समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को३८प ६३३७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरिएको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर ८६० मिलिग्रामसहित सोही नगरपालिका–६ बस्ने २५ वर्षीय सन्दिप सुनारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको छ ।
बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम २८० मिलिग्रामसहित बाँकेको कोहलपुर नगरपालिका–३ रझेना बस्ने २९ वर्षीय समिर थारूलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी जमुनी र ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ५२० मिलिग्रामसहित गोदावरी नगरपालिका–२ बस्ने १९ वर्षीय आरिक अन्सारी समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ ।
दाङको घोराही उपमहानगरपालिका–१४ नयाँबजार बस्ने दमबहादुर पुन समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ६८० मिलिग्राम र नगद २८ हजार ८४५ रूपैयाँसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले पुनको घर तलासी गर्दा लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको छ ।
बरामद लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया