नापी कार्यालयका अमिन ४ हजार घुससहित पक्राउ

नापी कार्यालयका अमिन ४ हजार घुससहित पक्राउ


काठमाण्डु – नापी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अमिन गोविन्द ढकाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ परेको छ ।

अख्तियारको कार्यालय बुटवलबाट खटिएको टोलीले अमिन ढकाललाई ४ हजार रुपैयाँ घुससहित पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

अमिन ढकालले जग्गा नापजाँच गरी लालपुर्जा दिलाउने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना अख्तियारले पाएपछि बुधबार रकमसहित कार्यकक्ष नजिकबाट पक्राउ गरिएको छ ।

अख्तियारले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ ।