अजरबैजान पठाइदिन्छु भनी ६ लाख ७७ हजार ठगी गर्ने व्यक्ति पक्राउ

अजरबैजान पठाइदिन्छु भनी ६ लाख ७७ हजार ठगी गर्ने व्यक्ति पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अजरबैजान पठाइदिन्छु भनी ६ लाख ७७ हजार रुपैयाँ ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले खोटाङको दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका–६ घर भई हाल काठमाण्डुको बुढानीलकण्ठ नगरपालिका–२ बस्ने ५१ वर्षीय हरीकुमार दाहाललाई पक्राउ गरेको हो ।

आरोपी दाहालले खेमबहादुर डाँगीलाई वैदेशिक रोजगारीका लागि अजरबैजान पठाइदिने प्रलोभनमा ठगी गरेको प्रहरीले जनाएको छ ।

अजरबैजान जान ६ लाख ५० हजार रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि होटलमा काम गरेर मासिक ७५ हजार रुपैयाँ कमाउन सकिने प्रलोभनमा पारेर पीडितबाट पटक–पटक गरी ६ लाख ७७ हजार रुपैयाँ लिएर उनी सम्पर्कविहीन भएपछि वैदेशिक रोजगार विभागबाट उजुरी परेको थियो ।

विभागको आग्रहमा कार्यालयबाट खटिएको प्रहरी टोलीले दाहाललाई काठमाण्डु जिल्लाको बुढानीलकण्ठबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको प्रहरी प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिए ।